बालुवाटार जग्गा प्रकरण : माधव नेपालविरुद्ध प्रमाण झिकाउन सर्वोच्चको आदेश



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध प्रमाण झिकाउन आदेश दिएको छ । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा मुद्दा चलाउन अख्तियारको निर्णयको प्रमाण झिकाउने आदेश दिएको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले तत्कालीन प्रधानमन्त्री नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाई गर्दै अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको सलग्नता रहेको भए पनि अनुसन्धान गरी मुद्धा चलाउने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई समेत बिपक्षी बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो । अख्तियारले विशेष अदालतमा मुद्दा गर्दा गर्दा तयार पारेको अभियोग पत्रको प्रमाणित कपी झिकाउन आदेश भएको छ ।

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाइ राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्धा चलाएको भन्दै तत्कालीन प्रधानमनत्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...