अर्को वर्ष आर्थिक वृद्धि १० प्रतिशत पुग्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वृद्धि अर्को वर्ष १० प्रतिशत पुग्ने दाबी गरेका छन्। सोमबार सरकारको तीन वर्षको प्रगति सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तीन वर्षको औसत आर्थिक वृद्धि साढे ५ प्रतिशत रह्यो । अर्को वर्ष १० प्रतिशत आर्थिक वृद्धि हुने देखिएको छ ।’

ओलीले आफूले सरकार सम्हालेको एक वर्षमै अर्थतन्त्रले लय समातेको दाबी गरे। ‘सरकार सम्हाल्दा अर्थतन्त्र ध्वस्त थियो’ उनको भनाइ छ, ‘ एक वर्षमै लय समात्न सरकार सफल भयो । एक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भयो । ७ वटै प्रदेशमा आर्थिक वृद्धि ६ प्रतिशत रह्यो ।’

संघीयता कार्यान्वयनमा समेत आफ्नो सकारले तीन वर्षमा उलेख्य काम गरेको प्रधानमन्त्रीको दाबी छ। ‘अहिले प्रदेश र स्थानीय तह धेरै सक्षम भइसकेका छन्’ उनको भनाइ छ, ‘ प्रदेश मन्त्रालय कति थिए ? कस्तो संरचना बनाउने भन्नेमा अलमल थियो । तीन वर्षपछि त्यसमा धेरै सुधार आएको छ ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...