अर्को वर्ष आर्थिक वृद्धि १० प्रतिशत पुग्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वृद्धि अर्को वर्ष १० प्रतिशत पुग्ने दाबी गरेका छन्। सोमबार सरकारको तीन वर्षको प्रगति सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तीन वर्षको औसत आर्थिक वृद्धि साढे ५ प्रतिशत रह्यो । अर्को वर्ष १० प्रतिशत आर्थिक वृद्धि हुने देखिएको छ ।’

ओलीले आफूले सरकार सम्हालेको एक वर्षमै अर्थतन्त्रले लय समातेको दाबी गरे। ‘सरकार सम्हाल्दा अर्थतन्त्र ध्वस्त थियो’ उनको भनाइ छ, ‘ एक वर्षमै लय समात्न सरकार सफल भयो । एक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भयो । ७ वटै प्रदेशमा आर्थिक वृद्धि ६ प्रतिशत रह्यो ।’

संघीयता कार्यान्वयनमा समेत आफ्नो सकारले तीन वर्षमा उलेख्य काम गरेको प्रधानमन्त्रीको दाबी छ। ‘अहिले प्रदेश र स्थानीय तह धेरै सक्षम भइसकेका छन्’ उनको भनाइ छ, ‘ प्रदेश मन्त्रालय कति थिए ? कस्तो संरचना बनाउने भन्नेमा अलमल थियो । तीन वर्षपछि त्यसमा धेरै सुधार आएको छ ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...