निर्वाचन आयोगले सबै दललाई बोलायो



हाम्रो इकोनोमि

 

निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए । छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ ।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।

प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएको छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड-माधव नेपालले गरेका छन् । दुवै पक्षले आधिकारिक नेकपा आफूहरु नै रहेको दाबी गर्दै आए पनि निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...