निर्मला र भागरथीका हत्यारालाई छाड्दैनौं : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि सरकारले नछाड्ने दावी गरेका छन् । उनीहरुलाई केही समयभित्रै अदालतको कठघरामा उभ्याएर सजाय दिइने उनले बताए ।

बुटबलमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले भने, ‘निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन । दुई–चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं ।’

ओलीले अहिले शान्ति सुरक्षाको स्थिति आमरुपमा राम्रो भएको दावी गरे । ‘हिजो ईंट्टाभट्टामा जलाउनेहरुलाई मन्त्री बनाइयो, आज हामीले हत्कडी लगाएर झ्यालखानमा हालेका छौं । १२ वर्षअघिका अपराधिलाई जेलमा हालेका छौं भने अहिलेका अपराधि पनि उम्किन पाउने छैनौं’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...