निर्मला र भागरथीका हत्यारालाई छाड्दैनौं : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि सरकारले नछाड्ने दावी गरेका छन् । उनीहरुलाई केही समयभित्रै अदालतको कठघरामा उभ्याएर सजाय दिइने उनले बताए ।

बुटबलमा आयोजित जनसभालाई सम्वोधन गर्दै ओलीले भने, ‘निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन । दुई–चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं ।’

ओलीले अहिले शान्ति सुरक्षाको स्थिति आमरुपमा राम्रो भएको दावी गरे । ‘हिजो ईंट्टाभट्टामा जलाउनेहरुलाई मन्त्री बनाइयो, आज हामीले हत्कडी लगाएर झ्यालखानमा हालेका छौं । १२ वर्षअघिका अपराधिलाई जेलमा हालेका छौं भने अहिलेका अपराधि पनि उम्किन पाउने छैनौं’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...