अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइने



हाम्रो इकोनोमि

 

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोले १११ औं अन्तर्राष्ट्रिय महिला दिवस भौतिक उपस्थितीमै भव्यताका साथ मनाइने बताउनुभएको छ । मन्त्रालयद्वारा विहीवार आयोजित कार्यक्रममा मन्त्री महतोले विश्वभर मनाइने यस दिवसलाई महिला सशक्तिकरणको मुद्दासँग जोडेर पर्वकै रुपमा मनाउन आग्रह गर्नुभएको हो ।
मार्च ८ अर्थात फागुन २४ गते मनाइने यस दिवसको तयारीको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री महतोले सबै सामाजिक सङ्घ संस्था, अधिकारकर्मी तथा महिलाको समग्र मुद्दाको उठानमा योगदान पु¥याइरहेका व्यक्ति संस्था, विज्ञलगायतबाट प्राप्त सुभावलाई समेत समेट्दै मन्त्रालयले सबैसँगको सहकार्यमा दिवस मनाइने बताउनुभयो ।
साथै अन्तार्राष्ट्रिय स्तरमै मनाइदै आएको ग्रामिण महिला दिवस अक्टोवर १५ का सन्दर्भमा पनि छलफल अगाडि बढाइने मन्त्री महतोले बताउनुभयो । सो अवसरमा ४० वर्षमाथिका महिलालाई बैदेशिक रोजगारीमा जाँदा स्थानिय तहको समेत अनुमति लिनुपर्ने शीर्षकको बुधवार सार्वजनिक भएको समाचारमा कुनै सत्यता नभएको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्रालयका सचिव यामकुमारी खतिवडाले अन्तर्राष्ट्रिय स्तरमै मनाइने यस दिवस व्यवस्थित र भव्यताका साथ मनाउन सरोकारवाला सबै संस्थासँगको सहकार्य गरिने बताउनुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सन्दर्भमा कार्यक्रमको खाका, राष्ट्रिय नारा तय गर्ने विषयमा छलफल भएको थियो । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘वुमन इन लिडरसिपः अचिविङ एन इक्वल फ्युचर इन अ कोभिड–१९ वल्र्ड’ तय भएको छ ।
कविता थापा

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...