कांग्रेसभित्र एनजिओ काण्ड, गगन थापाले युथ कांग्रेस बनाए



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले आफूलाई निर्वाचन केन्द्रित बनाएको छ । वैशाखमा हुने निर्वाचन होस् वा दुई वर्षपछि हुने निर्वाचन सबैका लागि कांग्रेस तयारी अवस्थामा छ । कांग्रेसलाई निर्वाचनबाट बहुमतसहितको ठूला पार्टी बन्छु भन्ने अपेक्षा छ ।

कांग्रेसका नेताहरूको अभिव्यक्तिले पनि त्यही देखाइरहेको छ । कांग्रेसले आफूलाई जनतामा केन्द्रित बनाउन शुरु गरिसकेका छन् । कांग्रेसका अधिकांश कार्यक्रम गाउँ केन्द्रित छन् ।

कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह निर्वाचनबाट डराइरहेको छ । युवा पुस्तामा लोकप्रिय मानिएका गगन थापा पनि निर्वाचनबाट डराएका छन् । सभापति शेरबहादुर देउवा समूह मात्रै निर्वाचनका लागि तयारी अवस्थामा छ । पौडेल, सिटौला, थापाहरू निर्वाचनबाट डराएपछि कम्युनिस्टहरूको मनोवल उच्च भएको छ ।

कांग्रेसले संसद भङ्ग भएको विषयलाई असंवैधानिक र अलोकतान्त्रिक भनिसकेको छ । ओलीको कदमविरुद्ध कांग्रेसले आन्दोलन पनि गरिरहेको छ । पौडेल, सिटौला र थापाहरूले आन्दोलन हुन नसकेको भनेर अभिव्यक्ति दिइरहेका छन् । संसद भङ्ग भएको विषयमा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा रहेको विषयलाई कांग्रेसले प्रभावित बनाउनु हुँदैन ।

कांग्रेसले संविधान र लोकतन्त्रमा विश्वा गर्छ । कतिपयले कांग्रेसलाई उचालेर संसद पुनःस्थापनाको माग उठाएर आन्दोलन गर्न भनिरहेका छन् । कांग्रेसले आन्दोलन गरेको भए सर्वोच्चमा विचाराधीन विषयमा लोकतान्त्रिक दल भन्ने कांग्रेसले संविधान र स्वतन्त्र न्यायालयलाई नमानेको भनेर आलोचना हुने थियो । सभापति देउवाले लिएको नीति उचित छ भन्नेहरू पनि धेरै छन् ।

कांग्रेसमा व्यक्तिवादी चरित्र र स्वार्थ हाबी हुँदै गएको छ । त्यसको प्रभाव आन्दोलनमा परिरहेको छ । पौडेल र सिटौला समूहले प्रचण्ड–माधव नेपाल समूहतिर झुकाब राखेपछि कांग्रेसको आन्दोलन छिल्लो समय प्रभावहीन हुन थालेको छ । केन्द्रीय नेताहरूको मतभेद आन्दोलनमा देखिन थालेको छ । देउवा समूहले निर्वाचनको पक्षमा आफूलाई केन्द्रित बनाएको छ । देउवाले ओली समूहलाई साथ दिएको आरोप लाग्दै आएको छ ।

उता, कांग्रेसका केही नेताहरू सरकारविरुद्धको आन्दोलनमा सहभागी हुनुको साटो एनजिओ खोलेर कमाउ धन्दामा लागेका छन् । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले स्कलु अफ डेमोक्रेसी गठन गरेका छन् । महरले अधिकांश जिल्लामा आफ्नो एनजिओको शाखाहरू गठन गरिसकेका छन् ।

नेपाल तरुण दलको महासचिवबाट कारबाहीमा परेर निस्काशन भएका भुपेन्द्रजंग शाहीले वीपी कोइराला स्टडी युथ सर्कल गठन गरेका छन् । शाहीले आफ्नो फेसबुकमा सेयर गरेका समाचारले एनजिओलाई देशभरि बनाउने तयारीमा छन् । आन्दोलनमा सहभागी हुनुको साटो शाहीले पनि आफ्नो एनजिओमा धमाधम नियुक्तिहरू गरेका छन् ।

केन्द्रीय सदस्य गगन थापाले युथ कांग्रेस बनाएका छन् । थापाको एनजिओले पनि युवाहरूलाई भर्ती गरिरहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयसँग अनुमतिनै नलिएर नेताको नाममा एनजिओ बनाउनेहरूलाई पहिला अनुशासन सिकाउनुपर्छ । होइन भने कांग्रेस भताभुङ्ग हुनेछ ।

सुजाता कोइरालाले गिरिजाप्रसाद फाउण्डेशन बनाएकी छिन् । यो एनजिओले देशभित्र मात्र नभइ विदेशमा पनि शाखा बनाएको छ । नेतृ मृदुला कोइरालाले सुशील कोइराला फाउण्डेशन चलाएकी छिन् ।

रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले पनि युवा सजगता अभियान नामक एनजिओ चलाएका छन् । पौडेलले पनि जिल्लाहरूमा संगठन विस्तार गरेका छन् । पौडेलले धमाधम एनजिओमा नियुक्तिहरू गर्दै आएका छन् ।

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले कांग्रेसको राजनीतिभन्दा पनि हिन्दू राष्ट्रको अभियानमा आफूलाई केन्द्रित बनाएका छन् ।

एनजिओ र धर्मका नाममा राजनीति गर्दै आएका युवा नेताहरू कांग्रेसलाई बलियो बनाउनेतिर कहिल्यै ध्यान नदिएको आरोप छ ।

एनजिओ र धर्मका नाममा राजनीति गर्नेहरू विधान मिचेर काम गर्दा पनि कांग्रेसको नेतृत्व बोलेको छैन । एनजिओ चलाउनेहरूकै बोलवाला छ । उनीहरूकै ठूलो स्वर हुने गरेको छ ।

जिल्लामा राम्रो हैसियत बनाएका कांग्रेसका नेताहरू एनजिओहरूमा मनोनीत हुन तछाडमछाड हुने गरेका छन् । एनजिओमा बस्न खोज्ने नेताहरूले आफ्नो राजनीतिक उचाइँ घटाइरहेका छन् । यस्ता संगठनले कांग्रेसलाई फाइदाभन्दा पनि बेफाइदा भएको चर्चा छ ।

एनजिओ चलाउने नेताहरू सबै कांग्रेसमा सम्भावना बोकेका छन् । तर, राजनीतिभन्दा पनि उनीहरू एनजिओ मोहमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...