जनता समाजवादी पार्टीका नेता इस्लाम हवारी नेकपामा प्रवेश



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी (जसपा) का नेता तथा संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश गरेका छन् । नेकपा प्रदेश २ अध्यक्ष एवम् शहरी विकास मन्त्री प्रभु साहको पहलमा शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले हवारीलाई टीका लगाएर आफ्नो समुहमा प्रवेश गराएका हुन् । हवारी जसपाका मुस्लिम विभागका इन्चार्ज समेत हुन् । बालुवाटारमा पार्टी प्रवेश गरेपछि हवारीले देशलाई सहि दिशा दिन सक्ने नेतृत्वलाई चयन गरेको बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्र देशमा समाजवाद स्थापना गर्ने लक्ष्य पूरा हुन सक्ने देखेर आफू नेकपामा प्रवेश गरेको धारणा उनले राखे । हवारी पूर्व माओवादी नेता समेत हुन् । पर्सा जिल्लाका सक्रिय नेता हवारीले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने भएकाले अरु दलको आवश्यकता नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...