जनता समाजवादी पार्टीका नेता इस्लाम हवारी नेकपामा प्रवेश



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी (जसपा) का नेता तथा संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश गरेका छन् । नेकपा प्रदेश २ अध्यक्ष एवम् शहरी विकास मन्त्री प्रभु साहको पहलमा शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले हवारीलाई टीका लगाएर आफ्नो समुहमा प्रवेश गराएका हुन् । हवारी जसपाका मुस्लिम विभागका इन्चार्ज समेत हुन् । बालुवाटारमा पार्टी प्रवेश गरेपछि हवारीले देशलाई सहि दिशा दिन सक्ने नेतृत्वलाई चयन गरेको बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्र देशमा समाजवाद स्थापना गर्ने लक्ष्य पूरा हुन सक्ने देखेर आफू नेकपामा प्रवेश गरेको धारणा उनले राखे । हवारी पूर्व माओवादी नेता समेत हुन् । पर्सा जिल्लाका सक्रिय नेता हवारीले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने भएकाले अरु दलको आवश्यकता नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...