अन्तर्राष्ट्रिय समुदायले पनि पत्याएन प्रचण्ड-माधव गुटलाई



हाम्रो इकोनोमि

 

गत मंगलबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विभाजित नेकपा (दाहाल-नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटन प्रकरणमा अन्तर्राष्ट्रिय समुदायको साथ खोजे । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले लोकतन्त्र खतरामा परेको दाबी गर्दै उनले त्यसको रक्षाका लागि पनि अन्तर्राष्ट्रिय समर्थन चाहिएको बताएका थिए ।

‘हामी अन्तर्राष्ट्रिय समुदाय, त्यसमा पनि ठूला लोकतान्त्रिक मुलुक र हाम्रा छिमेकीलाई ओलीको कदमविरुद्ध आवाज उठाउन अपील गर्छौं’, उनले भनेका थिए ।

प्रचण्डको अभिव्यक्तिबाट उनले संसद विघटनको मुद्दामा अन्तराष्ट्रिय समुदायको साथ खोजेको बुझ्न सकिन्छ ।  सर्वोच्चलाई नेकपाका दुवै पक्षले आ–आफ्नो पक्षमा फैसलाका लागि प्रत्यक्ष–परोक्ष दबाब दिंदै आएका थिए । तर, प्रचण्डले एक कदम अघि बढेर अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आन्तरिक विषयमा तान्न खोजेका छन् ।

दाहालले अन्तर्राष्ट्रिय समर्थन खोज्ने भने पनि पार्टीले यस सम्बन्धमा ठोस धारणा बनाएको देखिंदैन । पार्टीका अन्य नेताले पनि अन्तर्राष्ट्रिय समर्थन खोज्नेबारे कुनै टिप्पणी गरेका छैनन् ।

नेकपाका विदेश विभाग उप–प्रमुख विष्णु रिजाल संसद विघटनपछिकाे  मुद्दालाई लिएर पार्टीले अन्तर्राष्ट्रिय समुदायको पनि लोकतन्त्रको पक्षमा साथ होस भन्नु स्वभाविक रहेको बताउछन् ।  उनले परिस्थितिको सामान्य ब्रिफिङ गर्ने क्रममा अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिसँग भेट गरेको बताए ।

‘ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक हो । यसले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई प्रहार गर्छ भन्ने सन्देश हो’ उनले भने, ‘यसलाई लिएर अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल हुनसक्छ । निर्णय भैसकेको छैन’, रिजालले भने ।

परराष्ट्र मामिलाका विज्ञ एवं फ्रान्सका लागि पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ संसद विघटनको विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायलाई संलग्न गराउन आवश्यक नहुने बताउछन् ।

‘सामान्यतया अन्तर्राष्ट्रियकरण दुई देशबीचको मुद्दालाई लिएर गरिन्छ । यो कुरा नितान्त आन्तरिक हो’ उनले भने, ‘जहाँसम्म संसद विघटनको कुरा छ, यो आन्तरिक समस्या हो । यो कुरालाई कसरी एप्रोच गर्ने भन्ने कुरामा निर्भर हुन्छ ।’

दाहालले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग पत्रकार सम्मेलन गरेपछि विभिन्न मुलुकका मिडियाले आ-आफ्नै दृष्टिकोणमा समाचार बनाएका छन् । भारतको टाइम्स अफ इन्डिया, इकोनोमिक टाइम्स, रिपब्लिकलगायतका मिडियाले दाहालले ओलीको कदमविरुद्ध भारत र चीनको समर्थन खोजेको उल्लेख गरेका छन् ।

अमेरिकी अखबार वासिङ्टन पोस्ट र एबीसी न्यूजलगायतले ‘ओलीको कदमविरुद्ध दाहालको सडक आन्दोलन’ हेडलाइनसहित समाचार प्रकाशन गरेका छन् । तर सीएनएन, न्यूयोर्क टाइम्स, बीबीसी, ग्लोबल टाइम्सलगायतका अमेरिकी र चिनियाँ मिडियाले दाहालको अन्तर्राष्ट्रिय समर्थनभन्दा पनि प्रदर्शनलाई महत्व दिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...