रामकुमारीको जिम्मा लिइदिन योगेशलाई आग्रह



हाम्रो इकोनोमि

 

प्रहरीले राज्यविरुद्ध कसुरमा अनुसन्धानका लागि भन्दै घरबाटै पक्राउ परेकी नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कसैको रोहबरमा मात्र छाड्न सकिने बताएको छ ।

महानगरीय प्रहरी महाशाखा पुगेका प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईलाई महाशाखा प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई आफ्नो रोहवरमा बुझेर लैजान आग्रह गरेका हुन् । भट्टराईले भने राज्य विरुद्धको कसूर लगाएर पक्राउ गरिसकेकाले व्यक्तिगत रुपमा जिम्मा लिन इन्कार गरे । झाँक्रीलाई निशर्त छाड्नुपर्ने उनले बताए ।

प्रहरीले भने त्यहाँ भएकामध्ये कुनै नेताले बुझिलिइदिन आग्रह गरिरहेको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे बोलेको विषयलाई लिएर उजुरी परेको भन्दै महाशाखाले नेतृ झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर उनले यो राजनीतिक विषय भएको भन्दै पक्राउ पूर्जी ल्याउन आग्रह गरिन् ।

लगत्तै महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएको थियो । लगत्तै उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...