रामकुमारीको जिम्मा लिइदिन योगेशलाई आग्रह



हाम्रो इकोनोमि

 

प्रहरीले राज्यविरुद्ध कसुरमा अनुसन्धानका लागि भन्दै घरबाटै पक्राउ परेकी नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कसैको रोहबरमा मात्र छाड्न सकिने बताएको छ ।

महानगरीय प्रहरी महाशाखा पुगेका प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईलाई महाशाखा प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई आफ्नो रोहवरमा बुझेर लैजान आग्रह गरेका हुन् । भट्टराईले भने राज्य विरुद्धको कसूर लगाएर पक्राउ गरिसकेकाले व्यक्तिगत रुपमा जिम्मा लिन इन्कार गरे । झाँक्रीलाई निशर्त छाड्नुपर्ने उनले बताए ।

प्रहरीले भने त्यहाँ भएकामध्ये कुनै नेताले बुझिलिइदिन आग्रह गरिरहेको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे बोलेको विषयलाई लिएर उजुरी परेको भन्दै महाशाखाले नेतृ झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो । तर उनले यो राजनीतिक विषय भएको भन्दै पक्राउ पूर्जी ल्याउन आग्रह गरिन् ।

लगत्तै महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएको थियो । लगत्तै उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...