होलीवाइन काण्ड माधव नेपालले नै गराए : सूर्य थापा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले सडकमा बकबास गरिरहेको आरोप लगाएका छन् ।

बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दाहाल–नेपाल समूहलाई धेरै बकबास नगर्न सचेत गराए । उनले दाहाल–नेपाल समूहलाई बकबासी समूहको संज्ञा दिएका छन् ।

उनले प्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्ड प्रधानमन्त्री बन्न लागेको आरोप पनि लगाए । ‘प्रचण्ड र माधव नेपालले सडकमा बकबास गरिरहनुभएको छ’, उनले भने, ‘केपी ओलीलाई हटाएर प्रचण्ड कुनै पनि हालतमा प्रधानमन्त्री बन्न सक्नु हुन्न । सपना नदेखेपनि हुन्छ ।’

दाहाल–नेपाल समूहले बुधबार काठमाडौंमा गरेको विरोध सभामा उपत्यका बाहिरबाट साढे ६ सय बसमा मान्छे ल्याएको थापाले बताए ।

सल्लाहकार थापाले रामकुमारी झाँक्रीलाई मयार्दामा बस्न सचेत गराएका छन् । ‘बिगतमा रामकुमारी झाँक्रीले रत्नपार्कमा टाउकोमा चोठ खानुभएको थियो । त्यसको ब्याज अहिले खाइरहनुभएको छ’, उनले भने, ‘रामकुमारीले कालो बर्को ओडेर, मुखमा कालोपट्टि लगाएर केही अर्थ छैन । सबैले चिनेका छन् ।’

थापाले प्रधानमन्त्री ओलीविरुद्ध विरोध सभामा प्रयोग भाषाको आलोचना गरे । ‘माधव नेपाल नर्कमा जानु हुन्छ । माधव नेपाल क्रिश्चियन धर्म मान्ने संस्थाबाट २६ पटक विदेश भ्रमण गर्नुभएको छ’, थापाले भने, ‘माधव नेपालले मुनको संस्थालाई वैधता दिन ठूलो भूमिका खेल्नुभएको छ ।’

होलीवाइन काण्ड माधव नेपालले नै गराएको सल्लाहकार थापाले बताएका छन् । माधव नेपाललाई एकनाथ ढकालको संस्थाले पटक–पटक विदेश घुमाएको थियो । ढकालले माधवमार्फत मदर मुनलाई काठमाडौंमा ल्याएका थिए । माधव र ढकालबीच राम्रो सम्बन्ध छ ।

पशुपतिनाथको मन्दिरमा जलारी लगाउन पैसा अपुग भएकोमा पशुपतिनाथ क्षेत्र विकास कोषलाई प्रधानमन्त्री ओलीले रकम दिएको सल्लाहकार थापाले बताए । पशुपतिनाथ मन्दिरलाई लिएर दाहाल–नेपाल समूहले नानाथरी काण्ड मच्चाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...