मलाई पक्राउ गर्न पुर्जी चाहिन्छ, निवासबाहिर कार्यकर्ताको नारावाजी



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीले पक्राउ पुर्जी दिएमात्रै गिरिफ्तारी दिने बताएकी छन् । उनको निवासबाहिर प्रहरी पु्गेपछि कार्यकर्ताले नारावाजी गर्न थालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका विषयमा प्रहरीबाट आफूलाई फोन गरेर सोधपुछ गरिएको झाँक्रीले जानकारी दिइन् । तर, पक्राउ पुर्जि अहिलेसम्म नपाएको उनले पत्रकारसँग बताइन् ।

‘मलाई फोन आएको थियो, मैले पक्राउ पुर्जि चाहिन्छ भनेको छ,’ उनले भनिन्, ‘राज्यले नागरिकलाई प्रक्रिया पुर्या‍एर पक्राउ गर्न पाउँछ । पुर्जि दियो भने जानैपर्छ ।’ उनले नन इस्यूलाई इस्यू बनाउन खोजिएको बताइन् । प्रहरी पुगेपछि जम्मा भएका कार्यकर्ताले अहिले रामकुमारी झाँक्री हाईहाई भन्दै नारावाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई