मलाई पक्राउ गर्न पुर्जी चाहिन्छ, निवासबाहिर कार्यकर्ताको नारावाजी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीले पक्राउ पुर्जी दिएमात्रै गिरिफ्तारी दिने बताएकी छन् । उनको निवासबाहिर प्रहरी पु्गेपछि कार्यकर्ताले नारावाजी गर्न थालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका विषयमा प्रहरीबाट आफूलाई फोन गरेर सोधपुछ गरिएको झाँक्रीले जानकारी दिइन् । तर, पक्राउ पुर्जि अहिलेसम्म नपाएको उनले पत्रकारसँग बताइन् ।

‘मलाई फोन आएको थियो, मैले पक्राउ पुर्जि चाहिन्छ भनेको छ,’ उनले भनिन्, ‘राज्यले नागरिकलाई प्रक्रिया पुर्या‍एर पक्राउ गर्न पाउँछ । पुर्जि दियो भने जानैपर्छ ।’ उनले नन इस्यूलाई इस्यू बनाउन खोजिएको बताइन् । प्रहरी पुगेपछि जम्मा भएका कार्यकर्ताले अहिले रामकुमारी झाँक्री हाईहाई भन्दै नारावाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...