रामकुमारी झाँक्रीलाई खोज्दै प्रहरी



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले विभाजित नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई सोधपुछ गर्ने भएको छ ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई गोरखामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न बोलाइएको पुष्टि गरे । झाँक्री आफैं उपस्थित नभए पक्राउ गर्ने प्रहरीकाे तयारी छ ।

झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । उनले सो भाषणमा सेतो सारी लगाएर भोट माग्ने प्रवृत्तिको समेत विरोध गरेकी थिइन् ।

यसले एकल महिलामाथि हिंसा गरेको भन्दै अखिल नेपाल महिला संघले कारबाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...