माओवादीमा विलय भयो माधव गुट, कमजोर बन्दै पूर्वएमाले



हाम्रो इकोनोमि

 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले आयोजना गरेको विरोधमसभामा पूर्वमाओवादी समूह हावी हुन थालेको छ। काठमाडौंमा आयोजना भएको विरोधसभामा पूर्वएमालेको भन्दा बढी वक्ता राखेर पूर्वमाओवादी समूहको राखेर पार्टीमा एकाधिकार जमाउने प्रयास भएको देखिएको छ। पूर्वमाओवादीमा माधव गुट विलय भएको छ । पूर्वएमाले पूर्वमाओवादीमा भएको हो ।

विरोधसभामा प्रमुख वक्ता रूपमा अध्यक्ष प्रचण्ड, सञ्‍चालक स्थायी कमिटी सदस्य लिलामणी पोखरेल र सभापति हितबहादुर तामाङ थिए। पूर्वमाओवादी समूहका नेताहरू अग्रस्थानमा देखिन्दा पूर्वएमालेका नेता तथा आन्दोलन परिचालन समितिका सहस‌ंयोजक योगेस भट्टराई मञ्‍चमै देखिएनन्।

पार्टीको बैठकको सहमतिअनुसार आजको कार्यक्रमका मुख्य वक्ता अध्यक्ष माधव नेपाल हुनु पर्ने थियो। तर कार्यक्रम सञ्‍चालक लिलामणी पोखरेलले अध्यक्ष प्रचण्डलाई मुख्य वक्ता भनेपछि खैलावैला भएको थियो। एकैछिनमा पोखरेलले माफी मागेका थिए। यो विषयले पनि पूर्वमाओवादी समूह हाबी भएको स‍ंकेत गरेको हो।

त्यसो त वक्ताको रूपमा मञ्‍चमा पूर्वमाओवादीहरु हावी भएका छन। पूर्वमाओवादी समूहबाट ११ जनाले बोल्ने अवसर पाउँदा पूर्वएमालेको भागमा पाँच जना मात्र परेको थियो। पूर्वएमालेबाट अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य रघुजी पन्त, केन्द्रीय सदस्य रामकुमारी झाक्री र जीवनराम श्रेष्ठले मात्रै बोल्न पाए।

पूर्वमाओवादीबाट अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र देवप्रसाद गुरुङ, केन्द्रीय सदस्यहरू रामचन्द्र झा, अञ्‍जना बिशंखे, जयपुरी घर्तीमगर, सन्तकुमार चौधरी, महफुज अन्सारीलगायतले बोले।

गत माघ ९ गतेको आमसभामा कार्यक्रमको तालिका बिगारेको भन्दै असहमति जनाएका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्तव्य राखेनन्। आन्दोलन परिचालन समितिका स‌ंयोजक श्रेष्ठले नेतृत्वसँग मञ्‍चमै झगडा गरेका थिए। नेताहरूको झगडा देखेपछि आन्दोलन परिचालन समितिका सहस‌ंयोजक योगेस भट्टराई कार्यक्रमको विचमै मञ्‍च छोडेर हिडेका थिए। त्यो कार्यक्रममा पूर्वएमालेको समूह हाबी भएको भनेर पूर्व माओवादी समूह रूष्ट भएका थिए।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...