१० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको चेतावनी



हाम्रो इकोनोमि

 

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रम ओलीलाई आह्वान गरे । बुधबार भृकुटी मण्डपमा संविधान विघटनको विरोधमा गरिएको सभामा प्रचण्डले ५ लाख मानिस सहभागी भएको सूचना आएको बताए । प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’

मुलुकमा लोकतन्त्रको ह त्या भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न चाहेको बताए । प्रचण्डले निर्वाचन आयोगले नेकपा विवादलाई लिएर ‘लक्षण राम्रो नदेखाएको’ टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीले आयोगलाई धम्क्याएको आरोप पनि लगाए ।

‘मैले धेरै कुरा के भन्नु, झन् कुरा बिग्रिएला’ राजधानीमा आयोजित जनसभामा प्रचण्डले भने, ‘तर, आयोगले राम्रो लक्षण देखाएको छैन है ! केपीले अदालतलाई धम्क्याएका छन् । आयोग उनको काइते कुराको पछि नलाग, धम्कीसँग खुट्टा नकमाउ ।’ उनले धेरैलाई कुर्सीकै लागि आफूहरुले आन्दोलन गरेको भान परेको भन्दै त्यो गलत भएको स्पष्टीकरण दिए । ‘हामीलाई चाहिएको छैन कुर्सी’ उनले भने, ‘तपाईंहरू भ्रममा नपर्नुस् ।’

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...