प्रचण्ड–माधवको जुलसमै भारतको झण्डा



हाम्रो इकोनोमि

 

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएर छुट्टै समुह खडा गरेको नेकपा पुष्पकमल दाहाल, प्रचण्ड–माधव नेपाल (पुमा) समुहको जुलुसमा भारतीइ झण्डाको प्रयोग गरेको छ । अबैधानिक रुपमाबाट नेतृत्व कू गर्न नसकेपछि प्रतिगमन भयो भन्दै सडकमा रोइकराई गरिरहेको पुमा समुहको आजको जुलुसमा भारतीय झण्डाको प्रयोग गरको हो ।

सो समुहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपालले नेतृत् वगर्नुभएको जुलसकै बीच भागमा भारतीय झण्डा प्रयोग भएको देखिएको छ । जसलाई युवा नेता युवराज बाँस्कोटाले आफ्नो सामाजिक सञ्जालमा गोलो घेरा लगाएरै राख्नु भएको छ । अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबिरोधी अभियान छेडेको प्रचण्ड माधव समुहले आफ्नो जुलुसभा भारतीय झण्डा राखेर आफूहरु भारतको कठपुतली रहेको प्रमाण दिएको हो ।

सो समुहको जुलुसमा प्रयोग भएको भारतीय झण्डा अहिले भाइरल बनेको छ । जनताटाइम्सले युवा नेता युवराज बाँस्कोटाले फेसबुकमा राख्नुभएको तस्विरलाई यहाँ साभार गरेको छ ।

उहाँले फेसबुकमा प्रचण्ड–माधव समुहले भारतीय झण्डा प्रयोग गर्दै जुलुस निकालेकोमा कडा रोष प्रकट गर्नुभएको छ । यो तस्विरले प्रचण्ड माधव समुह निर्लज्ज ढंगले भारतको पक्षमा उभिएको र सो समुह नेपालको बिरुद्ध भारतीय कठपुतली रहेको प्रष्ट प्रमाण दिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...