प्रचण्ड–माधवको जुलसमै भारतको झण्डा



हाम्रो इकोनोमि

 

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएर छुट्टै समुह खडा गरेको नेकपा पुष्पकमल दाहाल, प्रचण्ड–माधव नेपाल (पुमा) समुहको जुलुसमा भारतीइ झण्डाको प्रयोग गरेको छ । अबैधानिक रुपमाबाट नेतृत्व कू गर्न नसकेपछि प्रतिगमन भयो भन्दै सडकमा रोइकराई गरिरहेको पुमा समुहको आजको जुलुसमा भारतीय झण्डाको प्रयोग गरको हो ।

सो समुहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपालले नेतृत् वगर्नुभएको जुलसकै बीच भागमा भारतीय झण्डा प्रयोग भएको देखिएको छ । जसलाई युवा नेता युवराज बाँस्कोटाले आफ्नो सामाजिक सञ्जालमा गोलो घेरा लगाएरै राख्नु भएको छ । अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबिरोधी अभियान छेडेको प्रचण्ड माधव समुहले आफ्नो जुलुसभा भारतीय झण्डा राखेर आफूहरु भारतको कठपुतली रहेको प्रमाण दिएको हो ।

सो समुहको जुलुसमा प्रयोग भएको भारतीय झण्डा अहिले भाइरल बनेको छ । जनताटाइम्सले युवा नेता युवराज बाँस्कोटाले फेसबुकमा राख्नुभएको तस्विरलाई यहाँ साभार गरेको छ ।

उहाँले फेसबुकमा प्रचण्ड–माधव समुहले भारतीय झण्डा प्रयोग गर्दै जुलुस निकालेकोमा कडा रोष प्रकट गर्नुभएको छ । यो तस्विरले प्रचण्ड माधव समुह निर्लज्ज ढंगले भारतको पक्षमा उभिएको र सो समुह नेपालको बिरुद्ध भारतीय कठपुतली रहेको प्रष्ट प्रमाण दिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...