नेकपा फुटेकै छैन, अध्यक्ष मै हुँ, हस्ताक्षरपनि मेरै चल्छ : ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको अवधिमा दलभित्रको विवादमा निर्वाचन आयोग प्रवेश गर्न नमिल्ने भन्दै पार्टीको आधिकारिक अध्यक्ष आफैं भएको प्रमाण आयोगसँगै रहेको बताएका छन् ।

वैशाखमा निर्धारित निर्वाचनको बारेमा छलफल गर्न मंगलबार आयोग पुगेका ओलीले निर्वाचन प्रयोजनका लागि दल दर्ताको कुरा निस्किएपछि पुस ५ अघि नेकपामा कुनै विवाद ननिस्किएकाले अब १२० दिनभित्र पार्टीभित्रका विवादमा आयोग पस्न नमिल्ने बताएका हुन् ।

ओलीको भनाइ उद्धृत गर्दै आयोग स्रोतले भन्यो– उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनमा मैले एकल हस्ताक्षरमा उम्मेदवार सिफारिश गरेको थिएँ । म पार्टीको पहिलो अध्यक्ष हुँ । किन मेरो एकल हस्ताक्षर मान्य नहुने ? अहिले केही मान्छे बाहिरिएका छन् पार्टीबाट । बालुवाटारमा पुस ५ गते नेकपाको कुनै बैठक बसेको छैन, अध्यक्ष र महासचिवलाई जानकारी नभई बैठक कसरी बस्यो ? त्यसैले निर्वाचनको अवधिमा दलभित्रको विवादमा आयोग प्रवेश गर्न मिल्दैन ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले २०७५ जेठ ३ गते नेकपा एकीकरण भएको र जेठ २३ गते निर्वाचन आयोगले सूचना जारी गरेको स्मरण गराउँदै आफू नेकपा संसदीय दलको नेताका हैसियतले प्रधानमन्त्री भएको बताए । उनले पुस ५ गते प्रतिनिधिसभा विघटन हुँदासम्म आफ्नो सो हैसियत कायमै रहेको बताएका थिए ।

ओलीले भनाइ थियो– मैले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफरिश गरेको हुँ । त्यसपछि कसैले पार्टी छाडेको होला । निर्वाचनको अवधिमा दलभित्रको विवादमा आयोग प्रवेश गर्न मिल्दैन । ५ गते मैले सिफारिश गर्नुअघि त यस्ता कुनै कुरा थिएनन्, यो १२० दिनभित्र विवाद गर्न पाइँदैन ।

पार्टीमा आफ्नो बाहेक अरुको एकल हस्ताक्षर नचलेको भन्दै कहिलेकाहीं आफूसँगै पुष्पकमल दाहालको पनि हस्ताक्षर चलेको आयोगका पदाधिकारीलाई बताए । ओलीले आफूले पहिले नै केन्द्रीय कमिटी बैठक विस्तार गरेको र पछि अनुमोदन गरिएको जानकारी आयोगलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...