प्रचण्ड-माधवको आज ५ ठाउँबाट जुलुस निस्कँदै, कहाँ-कहाँ हुँदैछ सडक जाम



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) ले आज शक्ति प्रदर्शन गर्दैछ । उपत्यकाका ५ ठाँउबाट निस्कने जुलुसको नेतृत्व गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेता सडकमा ओर्लिदै छन्।

केन्द्रीय संघर्ष समितिका अनुसार सबै सहायक जुलुस ११ बजे शुरू हुने छन् भने मूल जुलुस १२ बजे शुरू हुनेछ । मुल जुलुस सुन्धारा-वीरअस्पताल-जमल-घण्टाघर-बागबजार-पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपस्थित सभास्थलमा पुग्नेछ।

विरोधसभाको तयारीबारे समीक्षा गर्न मंगलबार दिउँसो बसेको सचिवालय बैठकमा उपत्यका बाहिर र भित्रबाट लाखौं मानिस ओर्लिने निश्कर्ष निकालिएको थियो। बरिष्ठ नेता झलनाथ खनाले लाखौं मान्छे सभामा आउने ‘रिर्पोटिङ’ बैठकमा भएको जानकारी दिए ।

नेकपाले विरोधसभा कुनै एक दलको कार्यक्रमका रूपमा मात्रै नबुझी सबैलाई सहभागी हुन आह्वान गरेको छ । विरोधसभाबार फेसबुक लाइभमार्फत ‘ब्रिफिङ’गर्दै नेकपा स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराई यस्तो आह्वान गरेका हुन्।

‘भोलिको विरोध प्रदर्शन कुनै राजनीतिक दलको मात्रै विरोध प्रदर्शन होइन,’ भट्टराईको भनाइ छ, ‘अवश्य पनि यो नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा हुने विरोध प्रदर्शन हो । यो विरोध प्रदर्शन प्रतिगमनको विरुद्धमा हो, असंवैधानिक कदमको विरुद्धमा हो, लोकतन्त्रको पक्षमा हो । अहिले भइरहेका बलात्कार, हत्या, हिंसाको विरुद्धमा हो । मुलुकमा समाजिक, आर्थिक क्षेत्रमा बढिरहेको बेथितिविरुद्ध पनि भएको हुनाले यो कुनै दलको रूपमा मात्रै नबुझिकन आम जनसमुदायलाई भोलिको विरोध प्रदर्शनमा उल्लासमय ढंगले सहभागी बनिदिनुहुनका निम्ति म नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट हार्दिक आह्वान गर्न चाहान्छु ।’ यसअघि ९ माघमा राजधानीमा  विरोधसभा गरिसकेको प्रचण्ड-माधव पक्षले यो विरोध अहिलेसम्मकै ठूलो हुने दावी गरेको छ।

जुलुसकाे रुट

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...