सूर्य चिन्हमा लाग्याे अघाेषित ताला, प्रचण्ड-माधवलाई ठुलो धक्का



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली  निर्वाचन आयाेग पुग्नुभएसँगै देशलाई चुनाव लागेकाे छ । याे सँगै सूर्य चुनाव चिन्हमा पनि उहाँ नेतृत्वकै नेकपाले अघाेषित ताला लगाएकाे छ । प्रधानमन्त्री एवं नेकपाका प्रथम अध्यक्ष ओली आयाेग पुग्नुकाे अर्थ सूर्य चिन्हमा अघाेषित ताला लगाउनु हाे । किनकी आयाेगले यसअघि नै नेकपा नफुटेकाे, प्रथम अध्यक्ष केपी ओली नै भएकाे र उहाँकाे हस्ताक्षर बिना केही काम अगाडि बढ्न नसक्ने बताइसकेकाे छ । यसबाट नेकपा र चुनाव चिन्ह मूलधारकै हाे भन्नेमा शंका नभएकाे नेकपा स्रोतको दाबी छ ।

मंगलबार बिहान आयाेगकाे कार्यालय पुगेर प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ का लागि तय चुनावकाे तयारीबारे जानकारी लिनुभएकाे हाे । प्रधानमन्त्री ओलीले अहिलेसम्म चुनावका लागि भइरहेकाे तयारी, आगामी कार्यक्रम लगायत विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुसँग छलफल गर्नुभएकाे उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

थापाका अनुसार साे अवसरमा प्रमुख आयुक्त थपलियाले चुनाव गराउनुकाे विकल्प आयाेगसँग नरहेकाे जानकारी प्रधानमन्त्रीलाई गराउनुभएकाे थियाे । प्रधानमन्त्री ओली र आयाेगका पदाधिकारीबीच चुनावकै विषयमा केन्द्रित रहेर छलफल भएकाे भन्दै थापाले नेकपा विवादबारे कुरा नभएकाे जानकारी दिनुभयाे ।

प्रधानमन्त्री ओलीले आयाेगका कामकाे प्रशंसा गर्दै चुनावकाे तयारी अगाडि बढाउन सुझाव पनि दिनुभएकाे थापाले बताउनुभयाे । पुस ५ गते मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ का लागि चुनावकाे मिति ताेक्नुभएकाे थियाे । त्यसलगत्तै प्रचण्ड समूह पार्टीबाट अलग भएकाे थियाे । साे समूह हामी नै आधिकारिक हाैं, सूर्य पनि हाम्रै हाे भनेर आयाेग धाइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...