सुदुरपश्चिममा प्रचण्ड-माधव गुट छोडनेको ठुलो भिड



हाम्रो इकोनोमि

 

तटस्थ रहनुभएका कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेल्धुराको अमगरढीका मेयर नेकपा ओली समूहमा लाग्नुभएको छ । नेकपा विभाजनपछि कुनै पनि समूहमा नखुल्नुभएका भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्ट सोमबारदेखि ओली समूहमा खुल्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटपछि मेयर बिष्ट ओली समूहमा खुल्नुभएको हो । यसअघि उहाँलाई फकाउन नेकपा प्रचण्ड–नेपाल समूहले निकै कोसिस गरेपनि असफल भएको हो । उता अमरगढीका मेयर बिपिन ओझालाई भने माधव प्रचण्ड समूहले वेवास्ता गरेपछि ओली समूहमा लाग्नुभएको छ । दुई मेयर नेकपा ओली समूह खुलेपछि सुदूरपश्चिम नेकपामा उत्साह छाएको छ ।

सुदूर पश्चिमका ८८ तहमध्ये ४८ तह नेकपाका प्रमुखमा छन् । अहिले नेकपा ओली र नेकपा माधव–प्रचण्ड समूहबीच स्थानीय तहमा कडा टक्कर छ । २३/२३ तहमा दुबै समूहमा प्रमुख छन् । उपाध्यक्ष तथा उपमेयर भने ओली समूहमा बढि रहेका छन् । दुई जना प्रमुख भने अझै खुल्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...