प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै, नेकपा र सुर्य चिन्न दिने संकेत



हाम्रो इकोनोमि

 

निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाँदै छन् । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् । नेकपाको आधिकारीकता र सुर्य चिन्न ओली पक्षको नेकपालाई दिने संकेत निर्वाचन आयोगले गरेको छ । ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् । त्यसैले उनले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...