प्रदेश १ सरकार संकटमा, अविश्वास प्रस्तावमाथी आज छलफल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको विवादका कारण माघ ७ गते ३ मिनेट बसेर स्थगित भएको प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ । उक्त बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने प्रचण्ड–माधव समूहको तयारी छ भने त्यसलाई रोक्ने पक्षमा ओली समूह देखिएको छ । राईविरुद्धको अविश्वास प्रस्तावसँगै यतिबेला प्रदेश १ सरकार संकटमा छ ।

दुई समूहको विवादकै कारण गत माघ ७ मा करिब ३ मिनेट बैठक बसेर स्थगित गरिएको थियो । दिउँसो २ बजे डाकिएको बैठकअघि कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

ओली समूहले कारबाही गरिएका १६ जना प्रदेशसभा सदस्यलाई प्रदेशसभा भवनमा प्रवेश नै गर्न दिन नहुने अडान लिँदै आएको छ । यदि कारबाही गरिएको समूहले बैठकमा प्रवेश पाए सभाको कामकारबाही नै अगाडि बढाउन नदिने ओली समूहको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...