प्रदेश १ सरकार संकटमा, अविश्वास प्रस्तावमाथी आज छलफल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछिको विवादका कारण माघ ७ गते ३ मिनेट बसेर स्थगित भएको प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ । उक्त बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने प्रचण्ड–माधव समूहको तयारी छ भने त्यसलाई रोक्ने पक्षमा ओली समूह देखिएको छ । राईविरुद्धको अविश्वास प्रस्तावसँगै यतिबेला प्रदेश १ सरकार संकटमा छ ।

दुई समूहको विवादकै कारण गत माघ ७ मा करिब ३ मिनेट बैठक बसेर स्थगित गरिएको थियो । दिउँसो २ बजे डाकिएको बैठकअघि कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

ओली समूहले कारबाही गरिएका १६ जना प्रदेशसभा सदस्यलाई प्रदेशसभा भवनमा प्रवेश नै गर्न दिन नहुने अडान लिँदै आएको छ । यदि कारबाही गरिएको समूहले बैठकमा प्रवेश पाए सभाको कामकारबाही नै अगाडि बढाउन नदिने ओली समूहको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...