राष्ट्रिय युवा संघ ओली पक्षको अध्यक्षमा तीन भाईको भिडन्त



हाम्रो इकोनोमि

 

नेकपा निकट राष्ट्रिय युवा संघको केपी ओली पक्षले आजबाट केन्द्रीय कमिटी बैठक बोलाएको छ । तत्कालीन माओवादी सम्बद्ध वाईसीएल नेपालको एउटा समूह समेत आजैबाट ओली पक्षीय युवासंघमा समाहित हुने भएको छ । बैठकअघि साबिक वाईसीएलका नेताहरुलाई समेत समेटेर केन्द्रीय कमिटी पुनर्गठनको छलफल भइरहेको युवा संघका नेताहरुले बताएका छन् । युवा संघका संयोजक रामप्रसाद सापकोटा प्रचण्ड-माधव पक्षमा रहेकाले उनलाई हटाएर नयाँ नेतृत्व चयन गर्न लागिएको युवा संघका इन्चार्ज महेश बस्नेतले बताए ।

ओली पक्षले युवा संघलाई बहुपदीय संरचनामा फर्काउने भएको छ । ६ वर्षदेखि महाधिवेशन नहुँदा धेरै नेताको उमेर ४० कट्न लागेकाले नेतृत्व विकासमै अवरोध भएको भन्दै अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित पदाधिकारी चयन गरेर केन्द्रीय कमिटी विस्तार गर्न लागिएको हो । युवा संघको अध्यक्षका लागि हालका सहसंयोजक रमेश पौडेल, साबिक युवा संघका महासचिव किरण पौडेल र वचनबहादुर सिंहको दावी छ । रमेश नेकपा एकीकरणअघि तत्कालीन एमालेको युवा संघका अध्यक्ष थिए भने एकीकरणपछि सहसंयोजक छन् ।

रमेश अध्यक्ष भइसकेकाले उनलाई पार्टीमा जिम्मेवारी दिएर किरणलाई अध्यक्ष बनाउने प्रस्ताव महेश बस्नेतले गरेका छन् । तर रमेश र वचनले पनि आफूहरु ४० वर्ष पुग्न केही महिनामात्र बाँकी रहेकाले युवा संघको नेतृत्व गरेर बिदा हुन पाउनुपर्ने माग गरेका छन् । त्यस्तै महासचिवका लागि क्षितिज थेबेको दाबी छ भने पदाधिकारीमा अन्जना अधिकारी, अमित लामा, उर्मिला सुनुवार, प्रभातविक्रम कटवाल, रोशन बस्नेत लगायतको दावी छ ।

बादल पक्षका पूर्व वाईसीएल नेता बीबी तामाङको नेतृत्वको समूह पनि आन्तरिक छलफलमा छ । केन्द्रीय समितिमा रहेका करीव ४० जना पूर्व वाईसीएलसहितको टोलीलाई पदाधिकारीमा समेटेर नयाँ नेतृत्व चयन गर्न लागिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...