राष्ट्रिय युवा संघ ओली पक्षको अध्यक्षमा तीन भाईको भिडन्त



हाम्रो इकोनोमि

 

नेकपा निकट राष्ट्रिय युवा संघको केपी ओली पक्षले आजबाट केन्द्रीय कमिटी बैठक बोलाएको छ । तत्कालीन माओवादी सम्बद्ध वाईसीएल नेपालको एउटा समूह समेत आजैबाट ओली पक्षीय युवासंघमा समाहित हुने भएको छ । बैठकअघि साबिक वाईसीएलका नेताहरुलाई समेत समेटेर केन्द्रीय कमिटी पुनर्गठनको छलफल भइरहेको युवा संघका नेताहरुले बताएका छन् । युवा संघका संयोजक रामप्रसाद सापकोटा प्रचण्ड-माधव पक्षमा रहेकाले उनलाई हटाएर नयाँ नेतृत्व चयन गर्न लागिएको युवा संघका इन्चार्ज महेश बस्नेतले बताए ।

ओली पक्षले युवा संघलाई बहुपदीय संरचनामा फर्काउने भएको छ । ६ वर्षदेखि महाधिवेशन नहुँदा धेरै नेताको उमेर ४० कट्न लागेकाले नेतृत्व विकासमै अवरोध भएको भन्दै अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित पदाधिकारी चयन गरेर केन्द्रीय कमिटी विस्तार गर्न लागिएको हो । युवा संघको अध्यक्षका लागि हालका सहसंयोजक रमेश पौडेल, साबिक युवा संघका महासचिव किरण पौडेल र वचनबहादुर सिंहको दावी छ । रमेश नेकपा एकीकरणअघि तत्कालीन एमालेको युवा संघका अध्यक्ष थिए भने एकीकरणपछि सहसंयोजक छन् ।

रमेश अध्यक्ष भइसकेकाले उनलाई पार्टीमा जिम्मेवारी दिएर किरणलाई अध्यक्ष बनाउने प्रस्ताव महेश बस्नेतले गरेका छन् । तर रमेश र वचनले पनि आफूहरु ४० वर्ष पुग्न केही महिनामात्र बाँकी रहेकाले युवा संघको नेतृत्व गरेर बिदा हुन पाउनुपर्ने माग गरेका छन् । त्यस्तै महासचिवका लागि क्षितिज थेबेको दाबी छ भने पदाधिकारीमा अन्जना अधिकारी, अमित लामा, उर्मिला सुनुवार, प्रभातविक्रम कटवाल, रोशन बस्नेत लगायतको दावी छ ।

बादल पक्षका पूर्व वाईसीएल नेता बीबी तामाङको नेतृत्वको समूह पनि आन्तरिक छलफलमा छ । केन्द्रीय समितिमा रहेका करीव ४० जना पूर्व वाईसीएलसहितको टोलीलाई पदाधिकारीमा समेटेर नयाँ नेतृत्व चयन गर्न लागिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...