राजेन्द्र स्थापित सहित १४ अग्रज पत्रकार पुरस्कृत



हाम्रो इकोनोमि

 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १४ जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । शाखाले आफ्नो २२ औं साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा विभिन्न पुरस्कारद्धारा सम्मान गरेको हो । काठमाडौं शाखाले शनिवार प्रज्ञाभवन कमलादीमा अन्तक्रिया, अग्रज पत्रकार सम्मान तथा “पत्रकारिता” नामक स्मारिकाको लोकापर्ण गर्यो ।

यसपटक पुरस्कृत भएका अग्रज पत्रकारहरुमा अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार – राजेन्द्र स्थापित, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार – शम्भु श्रेष्ठ, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार – बलराम थापा, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार – देबेन्द्र चुडाल, शोभा शाह स्मृति पत्रकारिता पुरस्कार – निर्मला शर्मा, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार – विश्वराज किरात रहेका छन् ।

त्यस्तै वासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार – इन्द्र रिजाल, मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार – निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार – ज्ञान उदास, रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार – इश्वरीप्रसाद वाग्ले, गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार – मानध्वज लामा, एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार – टिवी विरही, तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार – गोपाल बुढाथोकी र फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार – दामोदरप्रसाद दवाडी रहेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...