कांग्रेसको ७७ जिल्लामै विरोध प्रदर्शन



हाम्रो इकोनोमि

 

संसद विघटनलाई असंवैधानिक भन्दै सडकमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीको टुँडिखेल र ७७ वटै जिल्लामा शनिबार प्रदर्शन गर्दैछ । कांग्रेस निकट विभिन्न १८ संघसंगठनले टुँडिखेलमा भेला भएर सरकार विरोधी प्रदर्शन गर्दैछन् । राजधानीका विभिन्न ठाउँबाट र्‍यालीसहित टुँडिखेलमा भेला हुने क्रम जारी छ ।

टुँडिखेल घेराउमा उनीहरुले सरकार विरोधी नारा लेखिएका प्लेकार्ड र कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । कांग्रेसले प्रदर्शनका क्रममा कोभिड प्रोटोकल पालना गर्न समेत आग्रह गरेको छ । माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...