ट्याक्सीको चालकको प्रदर्शन, हड्ताल बन्द गर्न माग



हाम्रो इकोनोमि

 

नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको आमहड्तालको क्रममा ट्याक्सीमा गरिएको आगजनीको विरोधमा ट्याक्सी व्यवसायीले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा आयोजित विरोधमा २०० भन्दा बढी ट्याक्सीसहित ट्याक्सी चालक एवं व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले राजनीतिक बन्द र हड्तालको कारण आफूहरुको रोजिरोटी र ज्यान जोखिममा परेको समेत बताए ।

राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा भएको विरोध सभामा ट्याक्सी ब्यवसायीले बन्द हड्ताललाई सँधैका लागि बन्द गर्नुपर्ने माग समेत गरेका थिए । दाहाल–नेपाल समूहले विहिबार गरेको आमहड्तालको क्रममा गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो । सरकारले भने आगजनी भएको ट्याक्सीलाई क्षतिपूर्ति दिने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...