हिजो जनतालाई लुट्ने काम भयो : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

नेकपा ओली समूहका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालबाट पुगेको क्षति सरकारले दिने बताएका छन् ।

‘हिजो एउटा ट्याक्सी चालक, जसले जसोतसो गुजारा चलाउनुभएको थियो । उहाँमाथि सांघातिक हमला, तोडफोड र आगजनी गरियो । म यही सभाबाट भन्न चाहन्छु, केपी ओली सरकारले त्यो सम्पूर्ण क्षतिपूर्तिको व्यवस्था गर्नेछ’, पोखरेलले भने । उनले हड्तालका क्रममा क्षति पुगेका सबैको क्षतिपूर्ति समेत दिने बताए ।

अर्का समूहका नेकपालाई आततायीकै आरोप लगाएका थिए । ‘हिजो आततायीहरुबाट जनतालाई दुःख दिने, जनतालाई हिजो लुट्ने काम भयो, त्यो सम्पूर्ण क्षति दिन्छौं’, पोखरेलले भने । उनले आफ्नो लडाइँ अराजकता, अस्थिरता र आर्थिक विकास हुन नदिनेहरुका विरुद्ध भएको बताए ।

उनले प्रचण्ड र माधव समूहले निर्वाचन हुन नदिएर लोकतन्त्र र संविधान विरोधी काम गरिरहेको बताए । ‘निर्वाचन आयोगमा गएर धम्की दिनुहुन्छ । खबरदार चुनाव गरौला भन्नुहुन्छ । यो संविधान विरोधी कुरा हो कि होइन ?लोकतन्त्र विरोधी कुरा हो कि होइन ?’, उनले प्रश्न गरे ।

पोखरेलले आफूहरु ताजा जनादेशमा गएर जनताले जे निर्णय दिन्छन् त्यो स्वीकार्न तयार रहेको बताए । जनतासँग केपी ओलीले गरेको संकल्प पूरा गर्न नदिइएकाले ताजा जनादेशमा जानुपरेको पोखरेलले बताए । ‘पाँच वर्ष निर्वाचित प्रधानमन्त्रीलाई बीच बाटै हटाउन खोज्नुभयो । त्यो आम जनताले रुचाएनन्, रुचाउँदैनन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...