ओली नेकपाको आज शक्ति प्रदर्शन, १३ स्थानबाट निस्कदैछ जुलुस



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ। आज दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि बागमतिका सवै जिल्लाका नेता कार्यकर्ता सहभागी हुँदैछन । आमसभामा सहभागी हुन बागमतिका जनतासमेत काठमाडौं आएका छन ।

आमसभालाई प्रधानमन्त्री तथा क्ष केपी शर्मा ओलीसहित तीन जना नेताले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । सभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्वोधन गर्ने नेकपा बागमतिका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिनुभयो । आजको सभामा प्रधानमन्त्री ओलीले पार्टी बिभाजनको तथ्यसहित बशेष घोषणा गर्नुहुने उपत्यका इञ्चार्ज तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

१३ ठाउँबाट जुलुस

नेकपाले जनसभाअघि उपत्यकाका विभिन्न स्थानबाट जुलुस सुरु भई दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ । पोखरेलका अनुसार बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ । यस्तै महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीहरुको जुलुस निस्कनेछ ।

त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कनेछ । यसैगरी पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ ।

टेकुबाट निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोहखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको छ । आजको जनसभालाई ओली नेतृत्वको नेकपाले आफ्नो शक्ति प्रदर्शन भनेको छ । स्थिरता, राष्ट्रिय स्वाधिनताको रक्षा र समृद्धिको पक्षमा जनतालाई प्रष्ट पार्न यो सभा आयोजना गरिएको सो पार्टीले जनाएको छ ।

‘हाइटेक’ मञ्च
‘टी’ आकारको हुने मञ्चको व्यवस्थापन हाइटेक तरिकाले बनाइएको छ। मञ्चको देब्रेपट्टि नागपोखरी खण्ड, दाहिनेपट्टी ठमेलतर्फको खण्ड र नारायणहिटीको दक्षिणतर्फ त्रिचन्द्र कलेजपट्टि ‘टी’ आकारमा सभामा उपस्थित हुनेलाई राख्ने व्यवस्था मिलाइएको छ।

प्रधानमन्त्रीलगायत मञ्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्र सालिक छेउमा जयनेपाल हलतर्फ, ठमेलतर्फ र यती समूहको भवनमा डिजिटल स्क्रिन राखिने छ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...