जताततै आतंक मच्चाउन प्रचण्ड-माधवको निर्देशन



हाम्रो इकोनोमि

 

नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले आजको नेपाल बन्द हिंसात्मक बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको तथ्य खुलेको छ । एकाबिहानै फलफूल र तरकारी सडकमा फाल्ने र ट्याक्सी जलाउने काम भएपछि प्रचण्ड र माधवले कार्यकर्तालाई आन्दोलन हिंसात्मक बनाउन निर्देशन दिनुभएको तथ्य बाहिर आएको हो ।

‘शान्तिपुर्ण आन्दोलनले हुन्न, अहिल जताततै ठोक्ने र आतंक मच्चाउने खालको हुनुपर्छ भन्ने निर्देशन आएको छ, आफ्नै प्रतिवद्धताबिपरत तरकारी र फलफूलसमेत किन फालेको ?’ भन्ने जनताटाइम्सको प्रश्नमा प्रचण्ड-माधव-समुहका एक कार्यकर्ताले भने । उनका अनुसार हिंसा भडकाउन सके बाध्य भएर आन्दोलनमा जनता आउने छन भन्ने प्रचण्ड र माधवको निश्कर्ष रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबिरुद्ध कू गर्न लागेको पूर्वजानकारी पाएर पुस ५ गते प्रतिनिधिसभा बिघटन गर्नुभएपछि सत्तामा पुग्ने आफूहरुको योजना बिफल भएको निश्कर्षसहित प्रचण्ड र माधव आन्दोलनमा उत्रनु भएको छ । चुनाव भए कतै नजित्ने भन्दै उहाँहरु जनतालाई दुःख दिने एक मात्र अभियान अघि बढाउनु भएको छ । प्रचण्ड र नेपालले आफूहरु प्रधानमन्त्री हुन नपाएको बिषयलाई प्रतिगमन भन्दै जनतालाई दुःख दिने र हुर्मत लिने काम गर्नुभएको हो ।

यही योजना अनुसार आजको बन्द हिंसात्मक बनाउन निर्देशन दिनुभएको सोही समहका नेता कार्यकर्ताको भनाई छ । ओली नेतृत्वको नेकपाले भोलि काठमाडौंमा २ लाख भन्दा बढी जनता उतारेर जनसभा गर्न लागेपछि सो जनसभामा मानिस आउन नदिन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारीमाथि कार्वाही अघि बढाउन हुन्न भन्ने अडान राख्न मात्रै प्रचण्ड माधव समुहले आजको बन्द गरेको हो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...