ओली पक्षीय नेकपाका युवा विद्यार्थीको आज काठमाडौंमा मार्चपास



हाम्रो इकोनोमि

 

आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीस्वरुप केपी ओली नेतृत्वको नेकपाका युवा विद्यार्थीले आज राजधानी काठमाडौंमा मार्चपास गर्ने भएका छन् । यसअघि बैठकमात्र बस्ने भनिएकोमा आकस्मिक निर्णयअनुसार हिंसात्मक घटनाको विरुद्ध मार्चपास गर्ने निर्णय उनीहरुले गरेका हुन् ।

अनेरास्ववियूका नेता आरसी लामिछानेका अनुसार अपरान्ह २ बजे प्रदर्शनीमार्गबाट शुरु हुने मार्चपास कान्तिपथ हुँदै शहर परिक्रमा गर्नेछ । मार्चपासका सहभागीले एकै प्रकारका पोशाक लगाउनेछन् । उपत्यकाका आठ स्थानबाट युवा विद्यार्थीहरु जम्मा भई मार्चपासमा सहभागी हुने बताइएको छ । बुधवारको मोटरसाइकल र्यालीमा जस्तै ठूलो सहभागिता जुटाउने आन्तरिक तयारीमा अ‍ोली पक्षका युवा विद्यार्थी नेताहरु लागेका छन् ।

यसैबीच ओली पक्षधर अनेरास्ववियूले आम हड्तालका कारण परीक्षामा दिन समस्यामा परेका र अन्य सर्वसाधारणलाई सघाउन मोटरसाइकलसहित स्वयंसेवीहरु खटाएको छ । विभिन्न चोक चोकमा खटिएका उनीहरुको नाम र नम्बर सामाजिक संजालमार्फत सार्वजनिक गरी समस्यामा परेकाहरुले सम्पर्क गर्न भनिएको छ । बिहानैदेखि प्रकाश भुजेल, नविन पन्थि, आदित बोहोरा, सागर भट्टसहित केन्द्रीय सदस्यहरुको नेतृत्वमा स्वयंसेवकले सर्वसाधारण र विद्यार्थीको उद्दार गरिरहेको लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...