आम हड्ताल : प्रचण्ड-माधव ल्याण्ड क्रुजर गाडीमा, जनता पैदलयत्रामा



हाम्रो इकोनोमि

 

आम हड्ताल अनुगमन गर्न विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल राजधानी काठमाडौंका विभिन्न चोकमा आफैं पुगेका छन् । सर्वसाधारणका लागि बन्द गरिए पनि प्रचण्ड र माधव नेपाल भने सबै ठाउँमा हिँडेर पुग्न सम्भव नभएको भन्दै सवारीसाधनमै एक ठाउँबाट अर्को ठाउँ पुगेका छन् ।

खुमलटारबाट गाडीमा निस्केका प्रचण्ड सातदोबाटो, कोटेश्वर, पुल्चोक हुँदै विभिन्न ठाउँमा आफ्नै गाडीमा गएका छन् । आफैंले गरेको बन्दको अवज्ञा गर्दै बा. १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडीमा चढेर प्रचण्डले आम हड्ताल सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

माधव नेपाल भने केही ठाउँमा गाडी र केही ठाउँमा कार्यकर्ताको स्कुटरमा सवार भएर आम हड्तालको अनुमगन तथा धर्नामा सहभागी भएका छन् । आमहड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाण्डौका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेको थियो । जस अनसार युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकीमा तोकिएकामा शाक्यलाई बिहानै प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिइएको थियो । उनीहरूकै नेतृत्वमा कार्यकर्ताहरू बन्द सफल बनाउन सडकमा निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...