आम हड्ताल : प्रचण्ड-माधव ल्याण्ड क्रुजर गाडीमा, जनता पैदलयत्रामा



 

आम हड्ताल अनुगमन गर्न विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल राजधानी काठमाडौंका विभिन्न चोकमा आफैं पुगेका छन् । सर्वसाधारणका लागि बन्द गरिए पनि प्रचण्ड र माधव नेपाल भने सबै ठाउँमा हिँडेर पुग्न सम्भव नभएको भन्दै सवारीसाधनमै एक ठाउँबाट अर्को ठाउँ पुगेका छन् ।

खुमलटारबाट गाडीमा निस्केका प्रचण्ड सातदोबाटो, कोटेश्वर, पुल्चोक हुँदै विभिन्न ठाउँमा आफ्नै गाडीमा गएका छन् । आफैंले गरेको बन्दको अवज्ञा गर्दै बा. १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडीमा चढेर प्रचण्डले आम हड्ताल सफल बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

माधव नेपाल भने केही ठाउँमा गाडी र केही ठाउँमा कार्यकर्ताको स्कुटरमा सवार भएर आम हड्तालको अनुमगन तथा धर्नामा सहभागी भएका छन् । आमहड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाण्डौका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेको थियो । जस अनसार युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकीमा तोकिएकामा शाक्यलाई बिहानै प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिइएको थियो । उनीहरूकै नेतृत्वमा कार्यकर्ताहरू बन्द सफल बनाउन सडकमा निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको