पोखराको १० वटा माइक्रो यात्रु बोकेर सरर काठमाडौं



हाम्रो इकोनोमि

 

नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालका दिन १० वटा माइक्रोबस पोखराबाट काठमाडौंका लागि छुटेका छन्। पोखराबाट यात्रुवाहक माइक्रो बस काठमाडौंका लागि छुटेको र कास्कीबाट कटिसकेको प्रहरीले जनाएको छ। बन्दका कारण अहिलेसम्म कुनै अप्रिय घटना हुन नपाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

‘काठमाडौं जाने माइक्रोबस बिहीबार बिहानै छुटिसकेको छ, तिनलाई हामीले सुरक्षा दिएर पठायौं’, हमालले भने, ‘केही निजी सवारीहरू चलेका छन्, अप्रिय घटना केही छैन ।’ बन्दका कारण पोखरा बजार र सडक बन्द छन्। तरकारी तथा फलफूल, पानी, दुध, इन्धनलगायत अत्यावश्यक सेवाका सवारी र पसल भने खुला नै छन्।

बन्दमा अप्रिय घटना हुन नदिने अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरेको डिएसपी हमालले बताए। कास्की जिल्लामा मात्रै ६३५ बढी प्रहरी परिचालन गरेको उनले जानकारी दिए। ‘राजमार्ग पुरै कभर गरेका छौं, सबै चोकहरुमा प्रहरी छ’, डिएसपी हमालले भने, ‘अप्रिय घटना हुन नदिन हामी सजग छौं ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...