पोखराको १० वटा माइक्रो यात्रु बोकेर सरर काठमाडौं



हाम्रो इकोनोमि

 

नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालका दिन १० वटा माइक्रोबस पोखराबाट काठमाडौंका लागि छुटेका छन्। पोखराबाट यात्रुवाहक माइक्रो बस काठमाडौंका लागि छुटेको र कास्कीबाट कटिसकेको प्रहरीले जनाएको छ। बन्दका कारण अहिलेसम्म कुनै अप्रिय घटना हुन नपाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

‘काठमाडौं जाने माइक्रोबस बिहीबार बिहानै छुटिसकेको छ, तिनलाई हामीले सुरक्षा दिएर पठायौं’, हमालले भने, ‘केही निजी सवारीहरू चलेका छन्, अप्रिय घटना केही छैन ।’ बन्दका कारण पोखरा बजार र सडक बन्द छन्। तरकारी तथा फलफूल, पानी, दुध, इन्धनलगायत अत्यावश्यक सेवाका सवारी र पसल भने खुला नै छन्।

बन्दमा अप्रिय घटना हुन नदिने अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरेको डिएसपी हमालले बताए। कास्की जिल्लामा मात्रै ६३५ बढी प्रहरी परिचालन गरेको उनले जानकारी दिए। ‘राजमार्ग पुरै कभर गरेका छौं, सबै चोकहरुमा प्रहरी छ’, डिएसपी हमालले भने, ‘अप्रिय घटना हुन नदिन हामी सजग छौं ।’

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...