नेकपा सर्लाही इन्चार्ज डाचाराज वाग्लेको सडक दुर्घटनामा मृत्यु



हाम्रो इकोनोमि

 

नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको सडक दुर्घटनामा निधन भएको छ । बुधबार राती उनको शव सर्लाहीको बरहथवा–नयाँसडक खण्डमा दुर्घटनाग्रस्त मोटरसाइकलसहित फेला परेको हो ।

वाग्ले नेकपाको प्रचण्ड–माधव समूहका नेता हुन् । यो समूहले आजका लागि आह्वान गरेको नेपालबन्दको पूर्वसन्ध्यामा बुधबार साँझ मसाल जुलुसको नेतृत्व गरी घर फर्कने क्रममा उनी सवास ज १० प ३२०६ नम्बरको मोटरसाइकल जंगल क्षेत्रमा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

प्रहरीले उनी सवार मोटरसाइकललाई कसैले ठक्कर दिएको संकेत फेला नपरेकाले अधिक गतिका कारण अनियन्त्रित भएको हुनसक्ने अनुमान गरेको छ । नेकपा सर्लाहीले भने घटनालाई शंकास्पद भनेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...