प्रचण्डलाई सर्वोच्चले दियो यस्तो आदेश



हाम्रो इकोनोमि

 

अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको हो । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।

यसअघि मनोश शर्माकै इजलासले प्रधानमन्त्री केपी शर्मा ओली सहित चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध परेको अवहेलना मुद्दामा पनि सोही प्रकृतिको आदेश जारी गरेको थियो ।

प्रचण्डले शुक्रबार विराटनगरबाट प्रतिनिधिसभा अदालतले पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने बताएका थिए । उनले अदालतप्रति भरोसा भए पनि सेटिङको प्रश्न समेत उठाउँदै अभिव्यक्ति दिएपछि हायुले अवहेलना मुद्दा चलाउन निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...