प्रचण्डलाई सर्वोच्चले दियो यस्तो आदेश



हाम्रो इकोनोमि

 

अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको हो । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।

यसअघि मनोश शर्माकै इजलासले प्रधानमन्त्री केपी शर्मा ओली सहित चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध परेको अवहेलना मुद्दामा पनि सोही प्रकृतिको आदेश जारी गरेको थियो ।

प्रचण्डले शुक्रबार विराटनगरबाट प्रतिनिधिसभा अदालतले पुनःस्थापना नगरे सभामुखमार्फत बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने बताएका थिए । उनले अदालतप्रति भरोसा भए पनि सेटिङको प्रश्न समेत उठाउँदै अभिव्यक्ति दिएपछि हायुले अवहेलना मुद्दा चलाउन निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...