रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने तयारी



हाम्रो इकोनोमि

 

राष्ट्रपतिसहित एकल महिलाको मान प्रतिष्ठामा आघात पर्ने अभिव्यक्ति दिएको र चरित्रहत्या गरेको भन्दै प्रचण्ड माधव पक्षधर नेकपा नेतृ रामकुमारी झाँक्रीलाई मुलुकी अपराध संहिता बमोजिम कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

ओली पक्षधर अखिल नेपाल महिला संघका पदाधिकारीले आज प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई भेटी झाँक्रीलाई तत्काल पक्राउ गरेर कारबाही चलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

अखिल नेपाल महिला संघका संयोजक सीता पौडेलको नेतृत्वमा गएको टोलीले देशभरका एकल महिलामाथि अपमान गर्ने गरी सेतो सारीको प्रसंग उठाएको र राष्ट्रपतिको व्यक्तिगत चरित्र हत्या गरेकोले तत्काल कारबाही गर्न माग गरेको सचिव सुजिता शाक्यले बताइन् ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले झाँक्रीको अभिव्यक्ति राजनीतिक नभएको र चरित्रहत्या गर्ने तथा एकल महिलामाथि हिंसा गर्ने खालको रहेकाले कारबाहीका लागि छलफल भइरहेको बताएका छन् । महिला नेताहरुसँग कुरा गर्दै गृहमन्त्रीले यसबारेमा यथार्थ बुझेर कारबाही गर्न प्रहरी महानिरीक्षकसँग पनि छलफल भएको जानकारी दिएको शाक्यले बताइन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...