नेकपा ओली समूहको शक्ति प्रदर्शन, उपत्यकामा विशाल मोटरसाइकल र्‍याली



हाम्रो इकोनोमि

 

नेकपा ओली समूहले राजधानी उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ । माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्‍याली निकालिएको हो ।

यो समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित र्‍याली निस्किएको छ । बालकुमारी पुलबाट शुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिदैछ ।

प्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनको तयारी स्वरूप नेता बस्नेतको नेतृत्वमा युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्‍याली गरेको हो ।

मध्यान्ह् १२ बजे बालकुमारीबाट शुरु भएको र्‍याली सातदोबाटो–लगनखेल–जावलाखेल–पुल्चोक–थापाथली–त्रिपुरेश्वर–एनएसी–जमलचोक–दरबारमार्ग–नारायणहिटी–जयनेपाल हल–कमलपोखरी–रातो पुल–गौशाला–एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत गर्ने युवा नेता बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...