विप्लव वार्तामा बस्न तयार



हाम्रो इकोनोमि

 

सत्तारुढ नेकपा विभाजन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली  नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ताको वातावरण बनाउन तयारी सुरु गरेको छ । सरकारी पक्षले पहिले आफुमाथि  लगाएको प्रतिबन्ध फुकुवा गरे वार्ताको  वातावरण बनाउन सहज हुने विप्लव पक्षको अडान रहेको छ ।

विप्लवसँगको  वार्ताको लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’  सहितका पूर्व माओवादी नेताहरु सक्रिय रहेको गृहमन्त्रालय स्रोतले  जानकारी दिएको छ ।   गुट उपगुटमा विभाजित रहेको विप्लव समूहको मनसाय बुझेर त्यसै अनुरुप वार्ता प्रक्रिया अघि बढाउन चाहेको स्रोतले बताएको छ ।

वार्तामा आउने निश्चित भएपश्चात सरकारले प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । सरकारले उनीहरूलाई कतै सार्वजनिक कार्यक्रम गर्न नदिने, उल्टै धमाधम नेता कार्यकर्ता पक्राउ गर्न थालेपछि आफैं पनि वार्तामा बस्न इच्छुक देखिन्छ।
प्रचण्ड नेपाल समूहसँग प्रतिसोध साध्नकै लागि पनि विप्लव समूहले ओली पक्षलाई साथ दिने आँकलन रहेको छ । प्रतिबन्धित भएपछि आफ्नो शक्ति कमजोर भएको महसुस गरेको विप्लव पक्षले संवादका लागि विभिन्न पक्षसँग छलफल गर्ने नीति तय गरेको हो।

यसैबीच खानेपानी मन्त्री मणि थापाले मंगलबार प्रतिबन्धित नेकपा नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई नख्खु कारागारमै पुगेर भेट गरेका छन्। सुदर्शनसँगको भेटमा थापाले वार्तामा आउन आग्रह गरेको बताए। सरकारले २८ फागुन ०७५ मा विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउन निर्णय गरेको थियो।

त्यसयता विप्लव पक्षले सार्वजनिक कार्यक्रम, आमसभा गर्न पाएको छैन। तर, गोप्य रूपमा भने आफ्ना गतिविधि गर्दै आएको छ। झन्डै दुई वर्षको अवधिमा विप्लव पक्षका ११ जना नेता कार्यकर्ताको मृत्यु भइसकेको छ। विप्लव पक्षबाट भने प्रहरीसहित चार जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...