जसपाका नेता डा. शिवजी यादव नेकपा प्रवेश, राजेन्द्र महतो पनि आउने तयारीमा



हाम्रो इकोनोमि

 

जसपाका प्रभावशाली नेता डा शिवजी यादव नेपाल कम्युनिस्ट पार्टी (नेकप)मा प्रवेश गर्नुभएको छ । यादव मंगलबार राति प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट खादा ग्रहण गर्दै नेकपा प्रवेश गर्नुभएको हो । डा यादवलाइ नेकपामा स्वागत गर्ने क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल र पूर्वमन्त्री एवं युवा संघका इन्चार्ज महेश बस्नेत पनि सहभागी हुनुहुन्थ्यो । जसपाका नेता राजेन्द्र महतो सहित चार नेता पनि ओली नेतृत्वको नेकपामा आउने तयारी भैरहेको स्रोतको दाबी छ ।

विक्रम सम्बत २०३२ सालबाट राजनीतिमा सक्रिय डा यादव जसपको केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो । कम्युनिष्ट पुष्ठभूमिबाट राजनीतिमा जमेका डा यादवले सिभिल इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएको छ । यसअघि उहाँ संघीय फोरमको संसदीय दलमा प्रमुख सचेतक पनि हुनुहुन्थ्यो ।

केपी ओलीको बोलीको छुच्चो भए पनि देश र जनताका लागि काम गर्ने यस्तो नेता अर्को सय वर्ष नपाइने बताउने यादवले प्रधानमन्त्री ओलीको नियतमाथि कहिल्यै प्रश्न गर्नुभएन । उहाँले  सबै नेपालीले गर्वले शिर उचो बनाउन सक्ने बनाइदिने ओली नेतृत्वको पार्टीमा समाहित हुन पाउँदा एकदमै खुशी लागेको बताउनुभएको छ । उहाँले मधेसका धेरै नेता नेकपा प्रवेशका लागि तयार रहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...