पार्टी फुटाउन माग गर्दै प्रचण्ड पक्ष निर्वाचन आयोगमा



हाम्रो इकोनोमि

 

निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता नदिने निर्णय गरेपछि सकसमा परेका प्रचण्डपक्षीय नेकपाका नेताहरू सडक सङ्घर्ष र कानूनी लडाइँ एक साथ लड्ने तयारीमा छन् । उनीहरू यही माघ २८ गते बृहत प्रदर्शनको तयारीमा हुँदाहुँदै सोमबार (माघ १९) बैठक बसी निर्वाचन आयोगमा आधिकारिकताको लागि पुनः निवेदन दिने निर्णयमा पुगेका हुन् । प्रचण्ड पक्षले आफ्नो पक्षमा भएका केन्द्रीय सदस्य र पदाधिकारीहरूको नागरिकता र दस्तखत सङ्कलन गरी साठी प्रतिशतभन्दा बढी सदस्यहरूको तर्फबाट निवेदन दिने मानसिकता त्यतिबेलै बनाएको थियो, जुन दिन आयोगले विभाजनलाई मान्यता नदिने निर्णय सुनाएको थियो ।

माघ १२ गते निर्वाचन आयोगले सार्वजनिक गरेको निर्णयमा केपी ओलीलाई प्रथम र प्रचण्डलाई द्वित्तीय अध्यक्ष करार दिँदै द्वित्तीय अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगमा पत्राचार गर्ने अधिकार नदिइएको स्पष्ट गरेको छ ।

राजनीतिक दल दर्तासम्बन्धी ऐनअनुसार नेकपा निर्वाचन आयोगमा दर्ता भएको (२०७५ जेठ ३ गते) मितिले पाँच वर्षसम्म विभाजित हुन नसक्ने बताइएको छ । ऐन कानूनका विभिन्न दफाहरूलाई आधार बनाएर नै निर्वाचन आयोगले दल विभाजनलाई मान्यता नदिने निर्णय लिएको हो । तर प्रचण्ड पक्ष कुनै पनि हालतमा केपीसँग सहकार्य गर्ने पक्षमा छैन । त्यसैले जसरी भए पनि विभाजनको मान्यता लिने प्रयास प्रचण्ड पक्षले गरिरहेको छ । तर आयोग आफ्नो पूर्वनिर्णयमा दृढ रहने हो भने यही स्थितिमा प्रचण्डहरूलाई दल विभाजनको सहज ‘अवसर’ मिल्ने देखिँदैन । यो पक्षसँग नयाँ दलका रूपमा दर्ता हुने या केपी शर्मा ओलीसँग मिलेर जानेबाहेक अन्य सहज विकल्प देखापरिरहेको छैन । तथापि विभाजनको कानूनी मान्यता पाउने कसरत प्रचण्ड पक्षबाट भइरहेको छ । कानूनी मान्यता पाउनका लागि समेत सशक्त ढङ्गले सडक सङ्घर्षमा उत्रनु पर्ने ठहर प्रचण्ड पक्षको छ ।

सङ्घर्षबाट नै सर्वोच्च अदालतको निर्णयलाई प्रभाव पार्न सकिने, निर्वाचन आयोगलाई आफ्नो पक्षमा निर्णय दिन बाध्य तुल्याउन सकिने र प्रधानमन्त्री पदबाट केपी ओलीलाई हटाउन सकिने समेतको विश्वासमा उक्त पक्ष रहेको छ । तथापि ओली पक्षलाई प्रचण्डहरूले गरेको आन्दोलनको कुनै असर परिरहेको छैन । बरु जनप्रदर्शनविरुद्ध जनप्रदर्शन गर्दै जाने नीति सरकारी पक्षले लिएको छ । यो स्थितिमा परिवर्तन त्यतिबेला मात्र हुन सक्नेछ, जतिबेला प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय हुनेछ । संसद पुनस्र्थापना नभएमा अन्ततः प्रचण्ड पक्ष नयाँ दल दर्ता गर्न बाध्य हुने देखिन्छ ।

कदाचित नयाँ दल दर्ता नगरिए आगामी निर्वाचनमा नेकपाका दुवै पक्षले आ–आफ्नै उम्मेदवार मैदानमा पठाउने सम्भावना रहन्छ । त्यस्तो अवस्थामा निर्वाचन आयोगले केपी ओलीको दस्तखत भएको पत्रलाई मान्यता दिएर सूर्य चिन्ह उपलब्ध गराउला कि प्रचण्डको पत्रलाई भन्ने जिज्ञासा उत्पन्न भएको छ । आयोगले आफ्ना उम्मेदवारलाई सूर्य चिन्ह नदिएमा माओवादी पक्षले फेरि पनि निर्वाचन बहिष्कार गर्ने र सङ्घर्षमा जाने सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन । पछिल्लो समयमा प्रचण्ड पक्ष संसद पुनस्र्थापना हुनेमा ज्यादा विश्वस्त बनेको पाइएको छ । ज्ञातव्य छ, कदाचित पुनर्स्थापना भएमा ‘पासा पल्टिने’ निश्चित छ, प्रचण्डहरूले त्यसपछि भने राहत महसुस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...