ओली पक्षको आज १० हजार मोटरसाइकल र्‍याली



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले माघ २३ मा काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । सो दिनमा हुने ओली पक्षको जनसभामा २ लाख मानिस प्रदर्शनमा उतार्ने तयारी गरेका छन् ।

माघ २३ गतेको जनसभाको प्रचार प्रसार गर्न भन्दै बुधबार (आज) काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गर्ने तयारी गरेका छन् । शुक्रबार हुने जनसभाका लागि भने काठमाडौंका १६ स्थानबाट र्‍याली निकाल्ने तयारी गरिएको ओली पक्षले जनाएको छ ।

सो दिन बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एयरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशला, माईतिघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोडलगायतका स्थानबाट र्‍याली निकाल्ने तय भएको छ । चारैतिरको र्‍याली नारायणहिटी संग्राहलय अगाडि टुंगिनेछ । ओली पक्षले संग्राहलय अगाडि सभा गर्ने घोषणा यसअघि नै गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...