प्रचण्ड समूह यसरी फेल खायो



हाम्रो इकोनोमि

 

प्रचण्ड समूह मंगलबार फेरि निर्वाचन आयाेग पुगेकाे छ । आयाेगलाई दबाब दिने उद्देश्यसाथ साे समूह निरन्तर धाइरहेकाे छ । तर साे समूह समय घर्किएपछि आयाेग पुगेकाे छ । प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायाैं भनेकाे साे समूह अप्ठेराेमा पर्ने देखिएपछि आयाेग धाएकाे हाे ।

आयाेगले केपी ओलीकाे हस्ताक्षरबिना कुनै काम नहुने बताइसकेकाे छ । तर साे समूह आज पुन : आफूहरु नै आधिकारिक हाैँ भन्दै आयाेग पुगेकाे हाे । साे समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेस गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित आज आयोग पुगेको साे समूहले २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेकपाको बैधानिकता दाबी गरेको हाे । निर्वाचन अयोगमा पत्र बुझाए पछि पत्रकारसँग कुरा गर्दै सो समूहका नेता झलनाथ खनालले आफूहरुले दाबी पेस गरेपछि अब निर्वाचन आयोगले निर्णय गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...