सिमसार क्षेत्रलाई जोगाउन सबै एकजुट हुनुपर्छ : मन्त्री आले



हाम्रो इकोनोमि

 

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अधिक्रमण हुने तथा नासिदै गएकाले ती क्षेत्रको संरक्षमा सबैले लाग्नु पर्ने बताउनु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज आयोजना गरेको विश्व सिमसार दिवसको अवसरमा मन्त्री आलेले हाम्रा संस्कृतिको पहिचान गर्न तथा जैविक बिबिधताको संरक्षणका लागि भएपनि सबै तह र तप्काबाट सिमसार क्षेत्र जोगाउन लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिमसार क्षेत्र मासिदै गएका छन्, वन्यजन्तु, चराचुरुङ्गीको संरक्षणका लागि भएपनि सिमसार जोगाउनु जरुरी भएको छ ।”

 

यसैगरी वन तथा वातावरण मन्त्री आलेले सिमसार क्षेत्र संगसंगै राष्ट्रपति तराइँ चुरे संरक्षण क्षेत्रपनि दोहन भइरहेकाले चुरे संरक्षणमा ध्यान दिन जरुरी भएको बताउनुभयो । सो कार्यक्रममा मन्त्री आलेले सिमसार क्षेत्र तथा राष्ट्रपति तराइँ चुरे संरक्षणका लागि मन्त्रालयले अहम भुमिका खेलीरहेको बताउनुभयो । सिमसार क्षेत्र तथा चुरे क्षेको संरक्षणका लागि मन्त्रालयले थप बजेटको समेत व्यवस्थापन गर्ने तयारी गरेको समेत मन्त्री आलेले जानकारी दिनुभयो । सोही कार्यक्रममा बोल्नु हुँदै वन तथा वातावरण सचिब डा. विश्वकान्त ओलीले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट बिभिन्न प्रयासहरु जारी रहेको जानकारी दिनुभयो । सिमसार संगसंगै पानीको पनि संरक्षण हुनु पर्ने सो कार्यक्रमका अर्का वक्ता तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिब सरद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पानीको बढी खपत छ, पानी र सिमसारलाई संगसंगै राखेर संरक्षण गर्नु जरुरी देखिन्छ ।”

यसैगरी वन तथा भु–संरक्षण विभागका महा निर्देशक मनबहादुर खड्काले सिमसार क्षेत्रको संरक्षणका लागि मन्त्रालयबाट थप बजेट बिनियोजन गरी कर्मचारी खटिनु पर्ने धारणा राख्नु भएको थियो । यो वर्ष ‘पानी र सिमसार, जीवनको अभिन्न आधार’ भन्ने मुल नारासहित दिवस मनाइएको हो । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेब्रुअरी २ मा यो दिवस मनाउँदै आएको छ । सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थान सम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो । यो महासन्धिमा १६९ देशहरु सामेल भएका थिए । नेपाल भने औपचारिक रुपमा सन् १९७१ मा महासन्धिको सदस्य बनेको पाइएको छ । विश्वसूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । जस अन्तरगत घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, शे–फोक्सुन्डो ताल, माइपोखरी अनि पोखरा नगरीका नौ वटै तालहरु सिमसार क्षेत्रमा रहेका छन् । पुराना अध्ययनहरुले नेपालमा ठूला–साना गरी करिब चार हजारभन्दा धेरै सिमसार क्षेत्रहरु रहेका छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्व आत्मसाथ गर्दै बिसं २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई बिसं २०६९ सालमा परिमार्जन र स्वीकृति दिएको थियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो । यस्तै राष्ट्रिय सिमसार नीति, बिसं २०५९ अनुसार नेपालको तराइँका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् । सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको ठाउँ भन्ने बुझिने गरेको बिज्ञहरु बताउछन् । जुन ठाउँ ओसिलो र धापिलो हुने गरेको भन्ने उहाँहरुको भनाइ रहेको छ । (तस्वीर उपलब्ध छ)
विमल विष्ट

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...