डा. गोविन्द केसी २० औं पटक अनशन बस्ने घोषणा



हाम्रो इकोनोमि

 

राजनीतिक माग राख्दै डा. गोविन्द केसीले २० औं अनशन बस्ने घोषणा गरेका छन् । आफ्नो माग पूरा नभए आगामी १२ फागुनबाट अनशनमा बस्ने उनको घोषणा छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै केसीले दुई सुत्रीय माग राखेका  छन् । उनको पहिलो माग ‘प्रधानमन्त्रीद्वारा विगटित संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनिुपर्ने’ रहेको छ । अदालतमा मुद्दा विचाराधीन भएकाले उनले खुलेर संसद पुन:स्थापना भनेका छैनन् ।

यसैगरि उनले विधि र प्रक्रिया मिचेर अवैध रुपमा संवैधानिक निकायहरुमा नियुक्तीको सिफारिस गरिएको भन्दै त्यसलाई रद्द गर्नुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘ केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ ।’

नागरिकका हैसियतले शान्तिपूर्णरुपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही भएको केसीले उल्लेख गरेका छन् । संविधान विघटनको विषयमा सर्वोच्च अदालतमा चलिरहेको न्यायिक प्रक्रियालाई सबै नागरिकहरुले निकटतापूर्वक निगरानी गरिरहेको भन्दै उनले देशको सर्वोच्च न्यायालयले संविधानको रक्षा गर्ने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...