सुष्मा कार्की प्रहरीको शरणमा, श्वेता खड्काले कुटेको आरोप



हाम्रो इकोनोमि

 

आफूलाई श्वेता खड्कासहितले गालीगलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छिन् ।अभिनेत्री श्वेता खड्का, उनका पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको भन्दै कार्की दरबारमार्ग प्रहरी समक्ष उजुरी लिएर पुगेकी हुन् । उनले आफूमाथि कुटपिट र दुर्व्यवहार भएकोले कारबाहीका लागि उजुरी लिएर आएको बताइन् । प्रहरीले छलफलका लागि श्वेतासहित आरोपित पक्षलाई पनि दरवारमार्ग बोलाएको छ ।

लन्डन पब क्याफेमा पुगेका बेला आफूमाथि कुटपिट भएको सुष्माको दावी छ । आफूमाथि भएको दुर्व्यवहारको भिडियो समेत प्रहरीलाई सुष्माले बुझाएकी छन् । श्वेताले आफूलाई अपशब्द र गालीगलौज पनि गरेको र बहिनी आरतीले हात हालेको सुष्माले प्रहरीलाई बताएकी छन् ।

उनले प्रहरीमा दिएको जाहेरी अनुसार आफ्नो जन्मदिनको पार्टी आयोजना गर्न भेन्यु खोज्न जाने क्रममा लण्डन पबमा पुगेको र सोही क्रममा श्वेताको परिवार र उत्सव रसाइली झगडा गर्न आएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...