शक्तिशाली प्रधानमन्त्रीले विघटन गर्न पाउँछ : महान्यायाधिवक्ता खरेल



हाम्रो इकोनोमि

 

महान्यायाधिवक्ता अग्नि खरेलले संविधानको धारा ७६ (१) अनुरूप गठित सरकारको शक्तिशाली प्रधानमन्त्री खुम्चिएर बस्न नसक्ने जिकिर संवैधानिक इजलाससमक्ष गरेका छन्। प्रतिनिधिसभा विघटन गर्न पाउने दाबी सोमबार महान्यायाधिवक्ता खरेलले गरेका हुन्।

खरेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै शक्तिशाली हुने भएकाले ऊसँग विघटनको विशेषाधिकार हुने बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबार बहस गर्दै खरेलले यस्तो भनाइ राखेका हुन्। ‘कमजोरले विघटन गर्न सक्छ, बलियोले गर्न सक्दैन, तिमीले बहुमत पायौ, त्यसैले खुम्चिएर बस भन्न मिल्छ ?’, खरेलले इजलासको जिज्ञासा मेटाउने क्रममा भने।

सरकारका तर्फबाट सोमबार सुरु भएको बहसमा खरेललाई इजलासबाट प्रधानन्यायाधीश र न्यायाधीशहरूले विघटनको वैधानिकताका विषयमा अनेक कोणबाट प्रश्न सोधेका थिए। इजलासबाट सुरुमा ‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार कहाँ छ त ?’ भन्दै प्रश्न गरिएको थियो। जवाफमा खरेलले रिट निवेदकले नै प्रतिनिधिसभा विघटन हुनै सक्दैन भन्ने दाबी नगरेको स्पष्ट पारे। उनले संविधानको धारा ८५ मा ‘संविधानबमोजिम अगावै विघटन हुन सक्ने’ परिकल्पना गरिएको जिकिर गरेका थिए।

संविधानका धेरै धारा अन्तरसम्बन्धित रहेकाले सोहीबमोजिम व्याख्या हुनुपर्ने भनाइ खरेलको थियो। संविधानको धारा ९१ को उपधारा ६ (क) र धारा २७३ को उपधारा (८) मा समेत प्रतिनिधिसभा विघटनको गुञ्जायस रहेको उनको भनाइ थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानमन्त्रीसँग बहुमत रहेको अवस्थामा विश्वासको मत लिन पर्ने÷नपर्ने विषयमा जिज्ञासा राखेका थिए। जवाफमा खरेलले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था नरहेको अवस्था दर्शाए। ‘विश्वासको मत खण्डित भएको छैन। खण्डित भएको भए देखाउनुपर्‍यो’, उनले भने।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...