माघ १९ कै राति चक्रपथ घुमे सेनाका बख्तरबन्द गाडी, संयोग कि सन्देश ?



हाम्रो इकोनोमि

 

नेपाली सेनाले नियमित अभ्यास भन्दै सोमबार राति १० वटा बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराएको छ । ०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी चक्रपथमा निकालेको हो ।

सेनाका पूर्वअधिकृतहरूले सेनाका बख्तरबन्द गाडीले यसअघि काठमाडौंको चक्रपथमा यसरी फन्को लगाएको विषयमा थाहा नभएको बताएका छन् । १९ माघकै दिन रोजेर किन यसरी सेनाले बख्तरबन्द गाडी सडकमा निकाल्यो ? यो संयोग हो कि सन्देश ? विश्लेषकहरूले प्रश्न गरेका छन् ।

सेनाले सोमबार राति चक्रपथ परिक्रमा गर्ने र बुधबार आठै पृतनामा रहेका बख्तरबन्द गाडी बाहिर निकाल्ने सूचना आइतबार नै सार्वजनिक गरेको थियो । ‘नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको, त्यसैगरी ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौँ,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले आइतबार ट्विटरमा लेखेका थिए ।

‘आमरूपमा भ्रम नपरोस् भन्ने हिसाबले मात्रै हामीले सूचना जारी गरेका हौँ । यो नितान्त नियमित अभ्यास हो,’ सोमबार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी पदम बुढाले  भने, ‘हाम्रा बख्तरबन्द गाडीहरू सातामा दुईपटक सीतापाइलाबाट चोभारसम्म नियमित रूपमा अभ्यासका क्रममा जाने–आउने गरिरहेका छन् । यो धेरैलाई थाहा छैन । अहिले अलिकति लामो रुटमा अभ्यास गर्न लागिएको मात्रै हो ।’

बख्तरबन्द गाडीमा चालक र एकजना सहयोगी सैनिक मात्रै रहेको महासेनानी बुढाले बताए । उनले माघ १९ संयोग मात्रै रहेको प्रस्टीकरण दिए । उनका  अनुसार २१ माघ (बुधबार) अपराह्न ५ बजे सेनाका ६ वटा बख्तरबन्द गाडी पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र जानेछन् भने भोलिपल्ट बिहान ५ बजे त्यहाँबाट काठमाडौं फर्किनेछन् । ‘नियमित अभ्यास भइरहेकै थियो, अलिकति लङ ड्राइभमा गर्न लागिएको हो,’ महासेनानी बुढाले भने ।

संसद् विघटनपछि चौतर्फी आलोचनामा परेका प्रधानमन्त्री एवं रक्षामन्त्री केपी ओलीले विपक्षीहरूलाई सन्देश दिन सेनाको दुरुपयोग गर्न लागेकोसमेत कतिपयको आशंका छ । रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्रीको कार्यालय सारिएपछि रक्षा मन्त्रालय प्रधानमन्त्रीकै मातहत छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...