प्रचण्ड-माधव पक्षले गर्यो यस्तो हाँसोलाग्दो निर्णय



हाम्रो इकोनोमि

 

विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले केपी ओलीलाई पार्टीको साधारण सदस्यताबाट र विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । कार्की पार्टी प्यालेसमा सोमवार बसेको केन्द्रीय प्रचण्ड अध्यक्षताको बैठकले सो निर्णय गरेको हो ।

यसअघि प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश भएको हो । बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै पत्रसहित निर्वाचन आयोगमा जाने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपाका दुवै पक्षले यसअघि आ आफ्नो निर्णय अभिलेखीकरणका लागि पत्र पठाएका थिए । दुवैको दाबी नपुगेको निर्णय आयोगले गरेपछि प्रचण्ड-माधव पक्ष दलको आधिकारिकता मागेर आयोग जान लागेको हो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...