प्रचण्ड-माधव पक्षले गर्यो यस्तो हाँसोलाग्दो निर्णय



हाम्रो इकोनोमि

 

विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले केपी ओलीलाई पार्टीको साधारण सदस्यताबाट र विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । कार्की पार्टी प्यालेसमा सोमवार बसेको केन्द्रीय प्रचण्ड अध्यक्षताको बैठकले सो निर्णय गरेको हो ।

यसअघि प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटीमा पेश भएको हो । बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै पत्रसहित निर्वाचन आयोगमा जाने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपाका दुवै पक्षले यसअघि आ आफ्नो निर्णय अभिलेखीकरणका लागि पत्र पठाएका थिए । दुवैको दाबी नपुगेको निर्णय आयोगले गरेपछि प्रचण्ड-माधव पक्ष दलको आधिकारिकता मागेर आयोग जान लागेको हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...